आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गौरादह नगरपालिकाका एमाले मेयर छत्रपति सुवेदी घरमै कुटिए

गौरादह नगरपालिकाका एमाले मेयर छत्रपति सुवेदी घरमै कुटिए

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २५ २०८२

  • 2.5K
    SHARES

  • गौरादह नगरपालिकाका एमाले मेयर छत्रपति सुवेदी घरमै कुटिए

    विराटनगर - झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरैमा गएर कुटपिट गरिएको छ । झापाको गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जानकारी दिएको छ।

    मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ । मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको सुवेदीले जानकारी दिएका हुन्।

    उनले एक्कासि घरमा आएर आफूसँग विवाद गरेको बताए । उनले भने, ‘उहाँ किन घरमा आउनु भयो ? रिसीइवी के हो ? त्यो पनि थाहा छैन। उनले एक्कासि विवाद गर्दै हातपात गरे ।’ सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।

    प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण २५ २०८२१२:०८:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend