आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वडा–पालिकादेखि प्रतिनिधिसभासम्म टिकटमा चलखेलको तथ्य खुलासा गर्दै रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेस प्रवेश

वडा–पालिकादेखि प्रतिनिधिसभासम्म टिकटमा चलखेलको तथ्य खुलासा गर्दै रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेस प्रवेश

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १४ २०८२

  • 1.7K
    SHARES

  • वडा–पालिकादेखि प्रतिनिधिसभासम्म टिकटमा चलखेलको तथ्य खुलासा गर्दै रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेस प्रवेश

    नवलपरासी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी जिल्ला सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरण प्रक्रियामा अपारदर्शिता र आर्थिक चलखेल भएको तथ्य भन्दै पार्टी परित्याग गरेका छन्। उनी बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

    नेपाली कांग्रेस नवलपरासीले क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार विनोदकुमार चौधरीले ठकुरीलाई पार्टी प्रवेश गराएका थिए।

    चुनावी सभामा बोल्दै ठकुरीले अन्तिम समयमा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएर आफूहरूले मेहनतपूर्वक निर्माण गरेको संगठनलाई भताभुङ्ग पारिएको आरोप लगाए। उनले पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलका आधारमा कांग्रेसबाट आएकालाई उम्मेदवार बनाएको दाबी गरे।

    a1b33069-2ed9-4b02-83dd-aa82be1229f1.jpeg‘दुई वटा निर्वाचन क्षेत्रमा पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलमा कांग्रेसबाट आएकालाई टिकट दिइयो । यसले कार्यकर्ताको मानमर्दन भयो,’ ठकुरीले भने, ‘आफूलाई टिकट दिने भन्दै अन्तिम समयसम्म, राति ११ बजेसम्म कुराएर अपारदर्शी ढंगले अरूलाई टिकट दिइयो ।

    त्यसपछि पार्टी छाड्ने निर्णय गर्नुपर्‍यो।’ रास्वपाका संस्थापक जिल्ला सभापति रहेका ठकुरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १२ हजार ४९९ मत प्राप्त गरेका थिए।

    afe252e4-b133-4c0b-82b0-361cbf347d4b.jpegत्यस चुनावमा नेपाली कांग्रेसका विनोद चौधरी र तत्कालीन जनता प्रगतिशील पार्टीका हृदयश त्रिपाठीसँग प्रतिस्पर्धा गरेका थिए। रास्वपाले यसपटक जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसबाट आएका व्यक्तिलाई उम्मेदवार बनाएको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढिरहेको स्रोतको दाबी छ।

    उनले रास्वपाले वडा, पालीकामा समेत टिकट कस्लाई दिने भनेर अग्रीम पैसा लिएर बुक गरिरहेको कुरा समेत सर्वजनीक गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १४ २०८२०७:५०:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend