आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मानव तस्करी आरोपले झापा–२ तातियो, पूर्व उपसभामुख इन्दिरा राना मगरले प्रत्येकबाट उठाएकी थिइन् १० लाख

मानव तस्करी आरोपले झापा–२ तातियो, पूर्व उपसभामुख इन्दिरा राना मगरले प्रत्येकबाट उठाएकी थिइन् १० लाख

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १३ २०८२

  • 963
    SHARES

  • मानव तस्करी आरोपले झापा–२ तातियो, पूर्व उपसभामुख इन्दिरा राना मगरले प्रत्येकबाट उठाएकी थिइन् १० लाख

    काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला झापा–२ भने चुनावी प्रतिस्पर्धाभन्दा फरक कारणले राष्ट्रिय बहसको केन्द्रमा आएको छ। उक्त क्षेत्रबाट निर्वाचित पूर्व उपसभामुख इन्दिरा राना मगर मानव तस्करीसँग सम्बन्धित आरोपका कारण विवादमा परेकी छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिकी नेतृ रानामाथि अमेरिका पठाउने आश्वासन दिँदै युवाहरूबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ उठाइएको आरोप लागेको हो। पीडित पक्षको दाबीअनुसार रानाको नाम र पद प्रयोग गरी बिचौलियामार्फत रकम असुल गरिएको थियो।

    उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङसँग अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ। तर, तीमध्ये कसैले पनि अमेरिकी भिसा प्राप्त गर्न सकेनन्।

    प्रकरण त्यतिबेला सार्वजनिक भयो जब रानाले नेपालस्थित अमेरिकी दूतावासमा आफ्नो कार्यालयको लेटरहेड प्रयोग गरी केही व्यक्तिहरूलाई भिसा उपलब्ध गराइदिन सिफारिस गरेको पत्र बाहिरियो। उक्त पत्रमा सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा आयोजित ‘सीएसडब्ल्यू–६७’ (CSW–67) फोरम कार्यक्रममा सहभागी गराउने उल्लेख थियो।

    २६ फेब्रुअरी २०२३ (१४ फागुन २०७९) मा पठाइएको उक्त सिफारिस पत्रअनुसार पाँच जनालाई भिसा दिन आग्रह गरिएको थियो। प्रारम्भिक चरणमा रानाको समेत भिसा अस्वीकृत भएको बताइए पनि पछि पुनः पहल गरेपछि उनलाई मात्र भिसा प्राप्त भएको दाबी गरिएको छ।

    त्यसपछि राना कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिका गएकी थिइन् र करिब एक साता पछि स्वदेश फर्किएकी थिइन्। यसअघि पनि बेलायत भ्रमणका क्रममा भिसा नपाउँदा कार्यक्रम स्थगित भएको प्रसंग सार्वजनिक भइसकेको छ।

    राज्यको उच्च पदमा रहेका व्यक्तिले विदेश भ्रमण गर्दा संसद् सचिवालय र परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने प्रचलन रहे पनि रानाले भने सिधै दूतावासलाई पत्र लेखेको विषयले थप प्रश्न उठाएको छ।

    मानव तस्करीको गम्भीर आरोपसँगै झापा–२ को राजनीतिक वातावरण थप तातिएको छ। चुनावी प्रतिस्पर्धाभन्दा बाहिर उठेको यो प्रकरणले राष्ट्रिय राजनीतिमा नै तरंग सिर्जना गरेको छ।

    indira_rana_Rsp.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १३ २०८२०१:१४:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend