आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुन तस्करीमा दोषी ठहर भएका धनन्जय रेग्मी रास्वपाबाट स्याङजा-१ का उम्मेदवार

सुन तस्करीमा दोषी ठहर भएका धनन्जय रेग्मी रास्वपाबाट स्याङजा-१ का उम्मेदवार

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १३ २०८२

  • 831
    SHARES

  • सुन तस्करीमा दोषी ठहर भएका धनन्जय रेग्मी रास्वपाबाट स्याङजा-१ का उम्मेदवार

    स्याङजा– सुन चोरी पैठारी प्रकरणमा दोषी ठहर भइसकेका धनन्जय रेग्मी यतिबेला प्रतिनिधिसभा सदस्य पदका लागि स्याङजा–१ बाट उम्मेदवार बनेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका हुन्।

    विमानस्थल भन्सार कार्यालयका अभिलेखअनुसार रेग्मीले २०७४ पुस ७ गते कतार एयरवेजको उडानबाट नेपाल फर्कँदा तीन वटा बिस्कुट आकारका करिब ३० ग्राम सुन चोरी पैठारी गरी ल्याएको भेटिएपछि पक्राउ परेका थिए। सोही घटनाका आधारमा उनीविरुद्ध २०७४ पुस ७ मै मुद्दा दर्ता गरिएको थियो।

    भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७(१) अन्तर्गत कसुर ठहर गर्दै विमानस्थल भन्सार कार्यालयले २०७७ भदौ २१ गते उनलाई बिगोबमोजिम एक लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। सुन चोरी पैठारीको कसुरमा उक्त जरिवाना निर्धारण गरिएको निर्णयपछि सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।

    यसैबीच, विमानस्थल भन्सार कार्यालयले २०७८ पुस २९ गते सरकारलाई जानकारी गराएको थियो। सुन तस्करी प्रकरणमा जरिवाना ठहर भएपछि सरकारी पदमा बस्न पाइदैन।

    उनी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुँदा लण्डनबाट फर्किने क्रममा अवैध मदिरा ल्याउन नदिएको भन्दै विमानस्थल कर्मचारीसँग दुर्व्यवहार गरेको आरोपमा विवादमा तानिएका थिए। विदेशी मदिरा आयातसम्बन्धी विवाददेखि सुन तस्करी प्रकरणसम्म मुछिएका रेग्मीको रास्वपामा प्रवेशलाई पार्टीले महत्वपूर्ण उपलब्धीका रूपमा प्रस्तुत गरेको छ।

    तर, पार्टीभित्रकै केही कार्यकर्ताले विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई उम्मेदवार बनाउनु उपयुक्त नभएको टिप्पणी गरेका छन्। चुनावी माहोल तातेका बेला विगतका यस्ता प्रकरणले स्याङजा–१ को चुनावी समीकरणमा कस्तो प्रभाव पार्ने हो, त्यसतर्फ राजनीतिक वृत्तको चासो बढेको छ।

    dhananjaya_kanda.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १३ २०८२०१:०२:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend