काठमाडौं - आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बनेका बब्लु गुप्ताको राजनीतिक यात्रा र छविले अहिले मतदाताबीच मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ । युवा तथा खेलकुदमन्त्रीको पदबाट माघमा राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका गुप्ताको राजनीतिक पृष्ठभूमि र आलोचनाले धेरै नागरिकलाई चिन्तित बनाइरहेको छ ।
बब्लु गुप्ता २०८२ साल कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए , जसले उनलाई नेपालको इतिहासमा कान्छो मन्त्रीमध्ये एक बनाएको थियो ।
तर मन्त्री पदमा करिब तीन महिना मात्रै बसेर उनले राजीनामा दिएर फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । उनका राजीनामाको निर्णय तत्कालीन प्रधानमन्त्री कार्यालयमा इमेलमार्फत पठाइएको थियो र उनी अहिले सिराहा तथा जनकपुर क्षेत्रमा चुनावी प्रचारमा सक्रिय छन् ।
गुप्ता आफूलाई युवा नेतृत्व र परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले सामाजिक अभियन्ता तथा “जेन जी” आन्दोलनका अगुवा भइसकेको दाबी गर्दै, युवा वर्गलाई राजनीतिमा सहभागी गराउन र परम्परागत नेताहरूको ढाँचालाई चुनौती दिन आफू तयार रहेको दाबी गरेका छन् ।
यद्पि उनको राजनीतिक यात्रा र छविबाट धेरै मतदाताले प्रश्नहरू उठाएका छन् । सबैभन्दा ठूलो आलोचना उनको अनुभवको कमी र राजनीतिक उतारचढावलाई लिएर हो । विगतमा एमसीसीको विरोधका लागि अमेरिकी विरोधी शक्तिहरुबाट पैसा उठाएर सडक आन्दोलन गरेको र पछि अमेरिकि युथ काउन्सिलको लविइङमा जेनजी आन्दोलनमा अराजकता सिर्जना गरेको आरोप लागेको छ ।
यसअघि एउटा फर्जी कार्यक्रम तयार गरी मन्त्रीको हैसियतमा अमेरिका जाने र असन्बन्धित व्यक्तिहरुबाट पैसा असुल गरेर अमेरिका पुर्याउने योजना बनाएकोसमेत सार्वजनिक भएको थियो । उक्त विवाद बढेपछि प्रधानमन्त्री सुशिला कार्कीले मन्त्री गुप्तालाई राजीनामा गर्न निर्देशन दिएकी थिइन् ।
गुप्ताको योग्यता र क्षमता मात्र नभएकर काम गर्न नसक्ने पात्रको रुपमा पनि उनको छवि धुमिलिएको छ । उनी खेलकुद मन्त्रालयको नेतृत्वमा रहेका बेला धेरै ठोस परियोजनाहरू कार्यान्वयन गर्ने प्रयासहरुसमेत देखिएनन् । उनले आन्दोलनमा भाडाका मान्छेहरु पठाउने र सोही आन्दोलनमा मान्छे उतारेको बलमा सत्ताको स्वाद चाखेका गुप्ताप्रति मतदाता नै आक्रोशित देखिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।