काठमाडौं - सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमेदवार उज्ज्वलप्रसाद बरालले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।कानुन निर्माण, बजेट समन्वय र अनुगमनसँगै क्षेत्रीय योजनालाई प्राथामिकता दिँदै उनले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
बरालले ८ बुँदे प्रतिज्ञापत्रअघि सारेका छन् । सडक तथा भौतिक पूर्वाधार निर्माण, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा सञ्चार र खेलकुदलगायत समेटेर उनले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।
बरालले बीपी राजमार्ग पुनर्निमाणलाई प्राथामिकतामा राखेका छन् भने यस्तै, ठेक्का जोडिएको सुनकोसी- मरिन डाइभर्सन आयोजना पुन: ठेक्का प्रक्रिया अघि बढाउँदै सम्पन्न गर्ने उनले प्रतिबद्धता गरेका छन्।
यस्तै मध्यपहाडी लोकमार्ग सुधार तथा बहुवर्षीय/पञ्चवर्षीय योजनाहरूको समयमै निर्माण सम्पनका लागि पहल गर्ने प्रतिज्ञापत्रमा समावेश गरेका छन् भने भिमस्थान-चकमके बसेरी, वितिजोर, भिमस्थान-भिमान सडक सञ्जाल र भीमान-धनसरी सडक विस्तार समयमै सम्पन्न गराउने उनको प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।
त्यस्तै, कमला खोला कोरिडोर बहुवर्षीय आयोजनालाई निरन्तरता दिलाउने, जेनजीका लागि आफ्नै क्षेत्रमा अवसर सिर्जना गर्ने बरालले प्रतिज्ञापत्र मार्फत जानकारी दिएका छन्।
'साना तथा घरेलु उद्योग स्थापना र सञ्चालनका लागि, सीप, लगानी तथा उत्पादनमा जेनजी युवा वर्गलाई समेट्ने विशेष कार्यक्रम ल्याउनेछु,' बरालले प्रतिज्ञापत्रमाउल्लेख गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।