काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख पनि थिए । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले काठमाडौँ ५ मा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।
रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए ।
रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौं ५ को निर्वाचनमा कांग्रेसलाई लाभ हुने विश्वास गरिएको छ । यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाध्यक्ष रहिसकेका छन् ।
वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई जित्नक लागि सजिलो हुने ठानिएको छ ।
दुवैलाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।