आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा बेसीशहरका मेयर एवं नेकपा एमाले नेता अर्याल विवादमा

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा बेसीशहरका मेयर एवं नेकपा एमाले नेता अर्याल विवादमा

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ८ २०८२

  • 798
    SHARES

  • निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा बेसीशहरका मेयर एवं नेकपा एमाले नेता अर्याल विवादमा

    लमजुङ - निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ।

    मेयर अर्यालले वडा नम्बर–२, चिसापानीमा आयोजित सामुदायिक भवन उद्घाटन गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको हो।

    फागुन ६ गते सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख अर्यालले औपचारिक रूपमा भवन उद्घाटन गरेका थिए। कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ र वडा अध्यक्ष मदन राना समेत सहभागी भएका थिए। निर्वाचन अवधि सुरु भइसकेको अवस्थामा जनप्रतिनिधिको यस्तो सहभागिताले कानुनी प्रश्न खडा गरेको भन्दै स्थानीय स्तरमा आलोचना सुरु भएको छ।

    निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–३ को ‘ङ’ अनुसार स्थानीय कार्यपालिकाका सदस्यहरू (प्रमुख, उपप्रमुख र वडा अध्यक्ष) आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने दायराभित्र पर्दछन्। साथै, सोही आचारसंहिताको दफा ५ (घ) मा “कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने” उल्लेख छ। त्यसैगरी दफा ५ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृत वा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

    कानुनविद्हरूका अनुसार निर्वाचन अवधि सुरु भएपछि जनप्रतिनिधिले आफ्नो पद र हैसियत प्रयोग गरी उद्घाटन वा मतदातालाई प्रभाव पार्न सक्ने सार्वजनिक कार्यक्रममा सहभागी हुनु आचारसंहिताको भावनाविपरीत ठहरिन्छ। “निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन यस्तो प्रतिबन्ध राखिएको हो,” एक कानुनविद्ले बताए।

    यद्यपि आयोजक पक्षले कार्यक्रम पूर्वनिर्धारित रहेको र उद्घाटन कार्यक्रम निर्वाचन लक्षित नभएको दाबी गरेको छ।

    यस विषयमा नगर प्रमुख अर्यालको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

    निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन गर्ने अधिकार निर्वाचन आयोग नेपालसँग रहेको छ। आयोगले आवश्यक ठानेमा छानबिन गरी स्पष्टीकरण माग्न वा कारबाही प्रक्रिया अघि बढाउन सक्ने प्रावधान रहेको छ। हालसम्म आयोगबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।

    e0f4c2f8-9411-435b-b437-66eb2e6bc0e8.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ८ २०८२१०:०३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend