आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपाको बागमती प्रदेश उपसभापति तथा अघिल्लो निर्वाचनका उम्मेदवार हुमागाईंले पनि छोडे रास्वपा

रास्वपाको बागमती प्रदेश उपसभापति तथा अघिल्लो निर्वाचनका उम्मेदवार हुमागाईंले पनि छोडे रास्वपा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ७ २०८२

  • 867
    SHARES

  • रास्वपाको बागमती प्रदेश उपसभापति तथा अघिल्लो निर्वाचनका उम्मेदवार हुमागाईंले पनि छोडे रास्वपा

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् । उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका हुन् । 

    उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको  आरोप लगाएका छन् ।

    'पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ', उनले भनेका छन्, गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँहिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा  उम्मेदार बनाइएको छ ।'


    यसका साथै केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा  आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान  उल्लंघन  आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको  बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न र पार्टीको संरचनागत विकृति र निजी स्वार्थ रहेको उनको आरोप छ ।

    हुमागाईँले अघिल्लो निर्वाचनमा काभ्रे २ बाट १० हजार ५७३ मत ल्याएका थिए । रास्वपामा पछिल्लो समय उम्मेदवार चयन प्रक्रियामा चलखेल बढेको र आर्थिक पारदर्शीतामाथि प्रश्न उठाउँदै पार्टी छाड्नेको संख्या बढेको छ । हिजो मात्रै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी छाडेका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ७ २०८२११:४७:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend