आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपाकी मधेस संस्थापक सभापति ममता कांग्रेस प्रवेश गर्दै !

रास्वपाकी मधेस संस्थापक सभापति ममता कांग्रेस प्रवेश गर्दै !

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ६ २०८२

  • 591
    SHARES

  • रास्वपाकी मधेस संस्थापक सभापति ममता कांग्रेस प्रवेश गर्दै !

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस संस्थापक सभापति ममता शर्माले पार्टीभित्र नातावाद, कृपावाद र अवसरवाद हावी भएपछि आफूले पार्टी परित्याग गरेको बताएकी छिन्।

    पार्टीभित्र आएको विचलनकै कारण आफूले बाहिरिने निर्णय गरेको उनले जानकारी दिएकी हुन्। उनले रास्वपाभित्र पार्टीमा काम गरेका भन्दा पनि अवसर खोजेर आउनेहरू प्राथमिकतामा परेको दाबी गरिन् ।

    'अहिले पार्टीमा समस्या छ । काम गरेका भन्दा पनि अवसर खोज्नेहरू प्राथमिकतामा परे । म आँफै प्रत्यक्षमा चुनाव लड्न चाहन्थेँ, पहिला वचन दिएर पनि पछि समानुपातिकमा राखियो', उनले भनिन्, 'समानुपातिकमा पनि जालझेल गरेर हटाइयो ।'

    अब आफू नेपाली कांग्रेसमा प्रवेश गर्ने पनि शर्माले जानकारी दिइन् । उनका अनुसार अहिले कांग्रेस सप्रिएको छ । 'म अब सप्रिएको कांग्रेसमा प्रवेश गर्न लागेकी छु', उनले भनिन् ।

    पार्टी विधि र विधान विपरीत चलेको भन्दै रास्वपाकी मधेस संस्थापक सभापति ममताले दिइन् राजीनामा पार्टी विधि र विधान विपरीत चलेको भन्दै रास्वपाकी मधेस संस्थापक सभापति ममताले दिइन् राजीनामा

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ७ २०८२१२:४५:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend