काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् ।
उनी ७९ सालको प्रतिनिधिसभाकी उम्मेदवार थिइन् । केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै उनले पार्टीको स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धता विपरीत गतिविधि बढ्दै गएकोले पार्टी छाडेको घोषणा गरेकी हुन् ।
राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भएर रास्वपामा आबद्ध भएको भएपनि विधि विधानविपरीत चाप्लुसीवाद र आर्थिकवादमा लिप्त भएर गएको उनको आरोप छ ।
राजीनामा पत्रमा भनिएको छ, ‘सङ्गठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ ।’
आजै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा पनि पार्टी परित्याग गरेकी थिइन् ।
पार्टी विधि र विधान विपरीत चलेको भन्दै रास्वपाकी मधेस संस्थापक सभापति ममताले दिइन् राजीनामा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।