आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गोरखाका कांग्रेस उम्मेदवारद्वयसँग काठमाडौँमा छलफल हुँदै, सभापति थापाले सम्बोधन गर्ने

गोरखाका कांग्रेस उम्मेदवारद्वयसँग काठमाडौँमा छलफल हुँदै, सभापति थापाले सम्बोधन गर्ने

  • मिडिया डबली
  • बुधवार, माघ २९ २०८२

  • 528
    SHARES

  • गोरखाका कांग्रेस उम्मेदवारद्वयसँग काठमाडौँमा छलफल हुँदै, सभापति थापाले सम्बोधन गर्ने

    काठमाडौँ - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारसँग काठमाडौँमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।

    कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यता तथा महामन्त्री प्रदीप पौडेलको विशिष्ट आतिथ्यमा पार्टी सदस्य एवं शुभेच्छुक कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा गोरखा–१ का उम्मेदवार प्रेमकुमार खत्री र गोरखा–२ का उम्मेदवार प्रकाशचन्द्र दवाडी सहभागी हुनेछन्।

    कार्यक्रम २०८२ फागुन २ गते शनिबार दिउँसो २ बजे स्वयम्भूस्थित बुद्ध पार्टी प्यालेसमा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सभापति थापाले निर्वाचनको राजनीतिक सन्दर्भ, पार्टीको रणनीति र गोरखा केन्द्रित अभियानबारे सम्बोधन गर्नेछन्। महामन्त्री पौडेलले पनि निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदाता सम्वादका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ।

    नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समितिका सभापति जनार्दन अर्यालका अनुसार गोरखा घर भई काठमाडौंमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न तथा अध्ययनरत पार्टी सदस्य र शुभेच्छुकहरूको सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरिनेछ। उनले फागुन २१ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।

    आयोजक नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समिति तथा नेपाल विद्यार्थी संघ गोरखा काठमाडौं सम्पर्क समितिले कार्यक्रममा सहभागी भई निर्वाचन अभियानलाई सशक्त बनाउन सम्पूर्ण नेताहरू, कार्यकर्ताहरू, पार्टी सदस्य तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०८२०२:०१:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend