आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाँच वर्षमा भ्रष्टाचारमुक्त नेपाल र सुशासन बानाउने कांग्रेस सभापति थापाको संकल्प

पाँच वर्षमा भ्रष्टाचारमुक्त नेपाल र सुशासन बानाउने कांग्रेस सभापति थापाको संकल्प

  • मिडिया डबली
  • बुधवार, माघ २९ २०८२

  • 642
    SHARES

  • पाँच वर्षमा भ्रष्टाचारमुक्त नेपाल र सुशासन बानाउने कांग्रेस सभापति थापाको संकल्प

    काठमाडौँ - नेपाली कांग्रेसले देशको विद्यमान राजनीतिक तथा सामाजिक चुनौतीलाई सम्बोधन गर्दै आगामी पाँच वर्षलाई रूपान्तरणको अवधि बनाउने घोषणा गरेको छ।

    विगतका आन्दोलनबाट प्रेरणा लिँदै र नयाँ पुस्ताको आवाजलाई आत्मसात गर्दै पार्टीले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य बीमाको सुदृढीकरण र प्रशासनिक खर्च कटौतीलाई मुख्य एजेन्डा बनाएको छ। कांग्रेस सभापति गगन थापाले आगामी पाँच वर्षलाई नेपालको रूपान्तरणको कालखण्ड बनाउने उद्घोष गरेका छन्।

    सिरहामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेस पुरानो इतिहासको जगमा उभिएको भए पनि नयाँ सोच र संकल्पका साथ अघि बढेको बताएका छन्। उनले २००७, २०१५, २०३६ र २०४६ का आन्दोलनबाट प्रेरणा लिने गरेको उल्लेख गर्दै आजका कमजोरी स्वीकार्दै नयाँ पुस्ताको आवाज सुनेर पार्टी बदल्न तयार रहेको बताएका छन्।

    भ्रष्टाचारलाई नेपालको ‘महारोग’को संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरू हुनुपर्नेमा जोड दिएका छन्। सार्वजनिक जीवनमा रहने व्यक्ति मन्दिरको पुजारीजस्तै इमान्दार हुनुपर्ने धारणा राख्दै आफ्नै परिवारको स्वार्थ मात्र हेर्ने प्रधानमन्त्री वा मन्त्री हुनु अपराध भएको बताएका छन्।

    ‘ढुकुटीको चाबी बोकेर बस्नेले एक रुपैयाँ पनि तलमाथि हुन दिनु हुँदैन,’ उनले भनेका छन्। आफ्नो स्वास्थ्य मन्त्रीको अनुभव स्मरण गर्दै थापाले ‘चटक’ होइन ‘सिस्टम’मा विश्वास गर्ने बताएका छन्। स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर कुनै पनि नागरिकले उपचारका लागि घरखेत बेच्न नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

    ‘बीमा कार्ड भएपछि २० लाख वा ५० लाख खर्च लागे पनि ढुक्क भएर अस्पताल जान सक्ने व्यवस्था हुनुपर्छ,’ उनले भनेका छन्। मान्छे उचाल्ने कुरा सजिलो भए पनि मिलाउने र सम्हाल्ने काम गाह्रो हुने उल्लेख गर्दै थापाले कांग्रेस मिलाउने र सम्हाल्ने बाटोमा हिँड्न चाहेको बताए।

    उनले कतार र मलेसिया जान बाध्य युवाको अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने र विदेशबाट फर्केकाले शून्यबाट सुरु गर्नु नपर्ने गरी सरकारी नीति आवश्यक रहेको तर्क गरेका छन्। साना व्यापारीले ऋणको ब्याज तिर्न सक्ने आम्दानीको वातावरण बनाउन र संकटमा सरकार नागरिकको हात थाम्ने गरी अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०८२०१:४२:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend