काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचन केन्द्रित जिल्ला कार्यक्रम गरिरहेका छन् । उनले माघ २६ गते सोमबारदेखि थालेको पहिलो चरणको जिल्ला स्तरीय कार्यक्रम फागुन १ गतेसम्म हुनेछ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चितवनबाट शुरू भएको उनको पहिलो चरणको जिल्ला भ्रमण पाल्पा पुगेर टुङ्गिने छ । सोमबार चितवनका दुई ओटा कार्यक्रममा सहभागी भएका उपसभापति शर्मा मंगलबार बाँकेमा जिल्ला स्तरीय र बर्दियामा क्षेत्रीय स्तरीय भेलामा सहभागी भए ।
बुधबार माघ २८ गते कांग्रेसका उम्मेदवारहरूसहित दाङमा जिल्ला स्तरीय बृहत भेलामा सहभागी हुनेछन् । त्यस्तै माघ २९ गते बिहीबार बिहान रुपन्देही जिल्ला स्तरीय बृहत भेला तथा दिउँसो लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिको बैठकमा निर्देशनात्मक सम्बोधन गर्नेछन् । फागुन १ गते शुक्रबार उपसभापति शर्माले पाल्पा जिल्ला स्तरीय बृहत भेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।