आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य : गगन

आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य : गगन

  • मिडिया डबली
  • बुधवार, माघ २९ २०८२

  • 453
    SHARES

  • आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य : गगन

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन् ।

    आज बिहान आफ्नै अफिसियल फेसबुक सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले कहिले लाइनमा घण्टौँ उभिनु पर्ने, कहिले फाइल एक कार्यालयबाट अर्को कार्यालय घुमिरहँदा काममा अनावश्यक ढिलाइ हुने अवस्थाले नागरिकलाई सरकारी सेवा लिन नै हैरानीको विषय बनेको उल्लेख गरेका छन् ।

    सभापति थापाले परम्परागत कागज र फाइलमा आधारित सेवा प्रवाहको शैलीले जनतालाई दुःख दिएको भन्दै प्रविधिको प्रयोगमार्फत यसलाई बदल्ने प्रतिबद्धता जनाएका छन्। थापाले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन अब शासनको शैली र तरिका परिवर्तन गर्नैपर्छ।’

    उनले ‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको प्रक्रिया सुधार गरेर नागरिकले भोग्दै आएका समस्या हटाउन नेपाली कांग्रेस स्पष्ट रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०८२११:३०:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend