काठामडौं- काठमाडौंको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।
ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ६ जनाले ज्यान गुमाएका थिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनपछि हालसम्म ११ जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा घाइते भएका ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते एक जनाको मन्थलीमा उपचार भइरहेको र बाँकीलाई खुर्कोट तथा काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।