आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हामी पूर्वाधार समयमै नबन्ने समस्या अन्त्य गर्नेछौँ: गगन थापा

हामी पूर्वाधार समयमै नबन्ने समस्या अन्त्य गर्नेछौँ: गगन थापा

  • मिडिया डबली
  • सोमवार, माघ २७ २०८२

  • 816
    SHARES

  • हामी पूर्वाधार समयमै नबन्ने समस्या अन्त्य गर्नेछौँ: गगन थापा

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वाधार समयमै नबन्ने ठूलो समस्या नेपालमा रहेको बताएका छन्। सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै थापाले यस्तो प्रवृत्तिले देशमा विकासको लागत बढाएको पनि चर्चा गरेका छन्।

    ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै, सँगै आर्थिक उत्पादनमा पनि ठूलो असर पारेको छ,’ उनले भनेका छन्, ‘जसको लागत अत्यन्तै उच्च छ। सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो।’

    जादु गरेको जस्तो, चमत्कार गरेको जस्तो समस्याको हल निस्किन्छ भनेर सोचियो भने पाँच वर्ष पनि खेर जाने बताएका छन्। ‘आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्ने छ,’ उनले भनेका छन्, ‘यसका लागि हाम्रो कानुनमा सुधार गर्नु पर्नेछ । हाम्रो संस्थागत क्षमता बढाउनु पर्नेछ। हाम्रो सार्वजनिक संस्थाहरूको केही काम गर्ने तरिकाहरू फेर्नु पर्नेछ। केही फाइनाइन्सको नयाँ मोडेलहरू हामीले अभ्यास गर्नुपर्ने।

    ‘केही नयाँ जोखिमहरू हामीले उठाउनु पर्नेछ। प्राइभेट सेक्टरलाई पनि सँगसँगै विश्वास गरेर लिएर जानु पर्नेछ। हाम्रो अनुगमन गर्ने तरिकाहरू बदल्नु पर्नेछ।’ थापाले मेलम्ची खानेपानी आयोजना निर्माणमा २५ वर्ष लाग्नु, नारायणगढ-बुटवल सडक, पूर्व(पश्चिम राजमार्ग, फास्ट ट्र्याक जस्ता आयोजना वर्षौंसम्म नबन्नु, सहरका सडक पटक-पटक खन्नुपर्ने अवस्था आउनुले देशको आर्थिक उत्पादकत्वमा असर पुगेको औँल्याएका छन्।

    थापाले ठेकेदारलाई तर्साउने, मन्त्रीले व्यक्तिगत निर्देशन दिने जस्ता क्रियाकलापले पनि समस्या समाधान नहुने स्पष्ट पारेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २७ २०८२११:३९:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend