आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फरार अभियुक्तलाई रास्वपाले दियो मधेसमा निर्वाचन समिति सदस्यको जिम्मेवारी

फरार अभियुक्तलाई रास्वपाले दियो मधेसमा निर्वाचन समिति सदस्यको जिम्मेवारी

  • मिडिया डबली
  • शनिवार, माघ २५ २०८२

  • 702
    SHARES

  • फरार अभियुक्तलाई रास्वपाले दियो मधेसमा निर्वाचन समिति सदस्यको जिम्मेवारी

    बारा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा निलम्बन भइसकेका तथा आपराधिक मुद्दामा फरार व्यक्तिलाई निर्वाचन समितिको सदस्यको जिम्मेवारी दिएपछि ठूलो विवाद सिर्जना गरेको छ।

    जिल्ला प्रहरी परिसर टेकु काठमाडौँले बारा जिल्ला पचरौता नगरपालिका वडा नं ४ का स्थानीय विनोदकुमार यादवलाई ठगी मुद्दामा पक्राउ गरी अदालतमा हाजिर गराइसकेको अवस्थामा मधेस प्रदेश निर्वाचन समितिको सदस्यमा जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको हो ।

    यादवविरुद्ध लागू औषधसम्बन्धी मुद्दा पनि चलिरहेको र सोही मुद्दामा उनी फरार रहेको प्रहरीको तथ्यांकले भने पनि रास्वपाको केन्द्रको दबाबमा उनलाई निर्वाचन परिचालन समितिको सदस्यमा जिम्मेवारी दिएको हो ।

    यही प्रकरणपछि रास्वपा मधेस प्रदेश समितिले पार्टीको विधान र प्रदेश समितिको निर्णयअनुसार विनोदकुमार यादवलाई निलम्बन तथा कारबाही गरेको थियो ।

    मधेस प्रदेश सभापति तापेश्वर यादवको हस्ताक्षरसहित पार्टीको आधिकारिक लेटरप्याडमा उक्त निर्णय सार्वजनिक गरिएको थियो । आश्चर्यजनक रूपमा गत शुक्रबार गरिएको अर्को निर्णय सार्वजनिक हुँदा विवाद चुलिएको छ। रास्वपा मधेस प्रदेश कार्यालयकै लेटरप्याडमा संघीय निर्वाचन सम्पादन मधेस प्रदेश समिति गठन गरिएको जानकारी दिइँदा पहिले नै निलम्बनमा परेका तथा लागू औषध मुद्दामा फरार रहेका विनोदकुमार यादवलाई सो समितिको सदस्य तोकिएको उल्लेख गरिएको छ । यस घटनाले पार्टीभित्र निर्णयको वैधता, नैतिकता र विधान पालनामाथि गम्भीर प्रश्न उठाएको छ ।

    स्थानीय बासिन्दा तथा पार्टीसम्बद्ध कार्यकर्ताहरूले निलम्बित र कानूनी मुद्दामा मुछिएका व्यक्तिलाई पुनः जिम्मेवारी दिनु स्पष्ट रूपमा नियम विपरीत भएको र यसले पार्टीको छविमा गम्भीर धक्का पुगेको प्रतिक्रिया दिएका छन् ।

    यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष चन्दन सराफले पार्टीको निर्णय विधान विपरीत भए तुरुन्तै खारेज हुनुपर्ने माग गरेका छन् । उनले भने, “यदि पार्टीको निर्णय विधान र सिद्धान्त विपरीत छ भने त्यसलाई तत्काल सच्याउनुपर्छ।” केन्द्रीय नेतृत्व र मधेस प्रदेश समितिबाट स्पष्ट जवाफ नआएसम्म यो विवाद अझ गहिरिँदै जाने संकेत देखिएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रहेको छ । रास्वपा भने यसरी नै आफ्नो हैसियत देखाउँदै गएको आरोप लाग्न थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २५ २०८२०४:३९:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend