पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस एक ढिक्का बनेको छ । कांग्रेस सभापति गगनकुमार थापाले गण्डकी प्रदेशका कांग्रेसका नेताहरूसँग गरेको छलफलपछि कांग्रेस एक ढिक्का भएको सन्देश दिइएको हो ।
सभापति थापाले ११ जिल्लाको १८ वटा निर्वाचन क्षेत्रको अवस्थाका बारेमा छलफल गरेका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका सबै उम्मेदवारहरूलाई जिताउन गर्नुपर्ने गृहकार्यका बारेमा सूक्ष्म तरिकाले छलफल भएको नेताहरुले बताएका छन् ।
कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार सो छलफलमा पार्टीले उठाएका प्रतिनिधि सभाको उम्मेदवार, उम्मेदवारको अवस्था, अन्य नेता कार्यकर्ताको भूमिका र आवश्यक रणनीति बारे छलफल भएको थियो । पार्टीभित्र रहेका केही असन्तुष्टिहरूलाई पनि छलफलबाट पूर्वरूपमा समाधान गरिएको उनको भनाइ छ ।
छलफलपछि पार्टीका सबै नेताहरूमा ऊर्जा थपिएको र एक ढिक्का भएर चुनावमा होमिने वातावरण बनेको नेता सुवेदीले जानकारी दिए।
सभापति थापाले यसअघि मधेस प्रदेशका ८ जिल्लाका नेता कार्यकर्तासँग जनकपुरमा छलफल गरेका थिए भने आवश्यकता अनुसार अन्य प्रदेशमा पनि पार्टीका नेता कार्यकर्तासँग चुनावी छलफल गर्ने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।