आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै एमालेका १३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै एमालेका १३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, माघ २५ २०८२

  • 1.2K
    SHARES

  • नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै एमालेका १३ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

    हुम्ला - नेकपा एमाले परित्याग गरी नाम्खा गाउँपालिका–३, लामाखोल्सी र सिमकोट–८, साँताका १३ जना स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस हुम्लाले सञ्चालन गरिरहेको घरदैलो अभियानका क्रममा लामाखोल्सीमा १० जना र साँतामा ३ जना गरी १३ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनताको घरदैलोमा कांग्रेसले पुर्याएको नीति, सिद्धान्त र नेतृत्वप्रति प्रभावित हुँदै उनीहरूले नेपाली कांग्रेस रोजेको बताइएका छन् ।

    स्थानीयस्तरमा कांग्रेसप्रति बढ्दो जनविश्वास र आकर्षणको संकेतका रूपमा यस प्रवेशलाई हेरिएको छ। कांग्रेसमा प्रवेश गर्नेहरूमा नाम्खा गाउँपालिका–३, लामाखोल्सीका पेमा लामा, पात्मा जाङ्मु लामा, काल्जाङ लामा, तुन्डुप लामा, छियुङ दोर्जे लामा, यान्की लामा, लाइराप लामा, इटिङ जाङ्मु लामा, छङ्गी लामा र हिटोल लामा रहेका छन् ।

    यस्तै सिमकोट–८, साँताबाट रत्न बहादुर भग्री, प्रेमबहादुर भग्री र लक्षीमा भग्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । घरदैलो अभियानका संयोजक तथा नेपाली कांग्रेस हुम्लाका कार्यवाहक सभापति कैलाश भण्डारी, प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार जयपती रोकाया, समानुपातिकतर्फका उम्मेदवार ताराबहादुर लामा, उपसभापति बसन्त रोकाया, कोषाध्यक्ष बबिता शाही लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले नवप्रवेशीहरूलाई कांग्रेसको साधारण सदस्यता प्रदान गर्दै अबिर र खादा लगाएर भव्य स्वागत गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नरबहादुर भण्डारीले बताए ।

    नवप्रवेशीहरूले लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र विकासको स्पष्ट दृष्टिकोण बोकेको नेपाली कांग्रेसलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य भण्डारीले बताए ।

    यस्तै सिमकोट–८, साँतामा खार्पुनाथ गाउँपालिका कांग्रेस कार्यसमितिका उपसभापति गोपाल रावलको नेतृत्वमा सम्पन्न घरदैलो कार्यक्रममा पनि नेकपा एमाले परित्याग गरी ३ जना कांग्रेसमा प्रवेश गरेको कांग्रेसका स्थानीय नेता नैनसिंह बुढाले जानकारी दिए ।

    यस अवसरमा नेपाली कांग्रेसका स्थानीय नेताहरूले नवप्रवेशीहरूको आगमनले पार्टी संगठन थप मजबुत भएको उल्लेख गर्दै आगामी निर्वाचन र राजनीतिक यात्रामा एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २५ २०८२१२:२१:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend