आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्वाचन आयोग अगाडि तनाव– दुईतर्फ गगन र देउवा पक्षको नाराबाजी, बीचमा प्रहरी

निर्वाचन आयोग अगाडि तनाव– दुईतर्फ गगन र देउवा पक्षको नाराबाजी, बीचमा प्रहरी

  • मिडिया डबली
  • शुक्रवार, माघ ३ २०८२

  • 891
    SHARES

  • निर्वाचन आयोग अगाडि तनाव– दुईतर्फ गगन र देउवा पक्षको नाराबाजी, बीचमा प्रहरी

    नेपाली कांग्रेसको आधिकारिकताको विषयलाई लिएर निर्वाचन आयोग बाहिर तनाव भएको छ ।

    गगनकुमार थापा र शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ताले निर्वाचन आयोगको गेटबाहिर नाराबाजी गरिरहेका हुन् । गएको पुस २७ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

    दुवै पक्षले आधिकारिकता माग्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्णय दिनुअघि दुवैले आयोगबाहिर पुगेर नाराबाजी गरिरहेका हुन् । झडपको स्थिति आउन नदिन प्रहरीले बीचमा बसेर सुरक्षा दिइरहेको छ ।

    देउवा पक्षले 'शेरबहादुर देउवा जिन्दावाद', 'अरू हामी जान्दैनौं, विशेष भेला मान्दैनौं' भनेर नारा लगाइरहेका छन् । गगन पक्षले भने 'सानेपा खाली गर, गगन थापा आउँदैछन्' भनेर नारा लगाएको छ ।

    प्रहरी वाटर क्यानन लिएर तयारी अवस्थामा बसेको छ । सडकमा दुवैतर्फ सवारीसाधन समेत ठप्प पारिएको छ । स्थिति असामान्य बन्दै गएपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३ २०८२०५:१७:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend