आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्वाचन आयोगबाट आधिकारिकताको पत्र लिएर सानेपा जान्छौं– महामन्त्री घिमिरे

निर्वाचन आयोगबाट आधिकारिकताको पत्र लिएर सानेपा जान्छौं– महामन्त्री घिमिरे

  • मिडिया डबली
  • बिहिवार, माघ २ २०८२

  • 4.3K
    SHARES

  • निर्वाचन आयोगबाट आधिकारिकताको पत्र लिएर सानेपा जान्छौं– महामन्त्री घिमिरे

    गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगबाट आफूहरूले आधिकारिकता पाएलगत्तै पार्टी मुख्यालय सानेपा जाने बताएका छन् ।

    पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकपछि बिहीबार प्रतिक्रिया दिँदै घिमिरेले निर्वाचन आयोगबाट आधिकारिकताको पत्र लिएर सानेपा जाने बताएका हुन् । 'आज निर्वाचन आयोग जान्छौं ।

    निर्वाचन आयोगले हामीलाई चाँडोभन्दा चाँडो त्यो कागज (पार्टीको आधिकारिकतासम्बन्धी) दिन्छ, अनि हामी सानेपा जान्छौं,' घिमिरेले भने ।

    बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । बिहीबार बैठक बसेर आधिकारिकता दाबीका लागि निर्वाचन आयोग जाने निर्णय भएको हो ।

    हलबाट पारित विधान, चुनावी प्रयोजनको हस्ताक्षर बदल्ने र समानुपातिक सूची अध्यावधिक गर्ने निवेदन, विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको लिस्ट निर्वाचन आयोगमा बुझाउने तयारी भएको नवनिर्वाचित कार्यसमितिका एक सदस्यले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २ २०८२०१:५४:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend