काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ ।
नवनिर्वाचित पार्टी उपसभापति पुष्पा भुसालका अनुसार सानेपास्थित म्याक्सिम बैंकेटमा बैठक बस्न लागेको हो । निर्वाचनपछिको नियमित पहिलो बैठकमा कांग्रेसको अधिकारिकता प्राप्त गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ ।
५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति गराएर नेपाली कांग्रेसले हिजो गगन थापालाई कांग्रेस सभापति बनाएको छ।
महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे छन् भने उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।
सभापति थापाले हिजो नै शपथ ग्रहण गरे पनि अन्य कार्यसमितिका नेताहरूको भने सपथ भएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।