आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विवाद तत्काल अन्त्य गरी निर्वाचनमा जाने वातावरण बनाउन कांग्रेसका २९ केन्द्रीय सदस्यको अपील

विवाद तत्काल अन्त्य गरी निर्वाचनमा जाने वातावरण बनाउन कांग्रेसका २९ केन्द्रीय सदस्यको अपील

  • मिडिया डबली
  • शुक्रवार, पौष २५ २०८२

  • 1.2K
    SHARES

  • विवाद तत्काल अन्त्य गरी निर्वाचनमा जाने वातावरण बनाउन कांग्रेसका २९ केन्द्रीय सदस्यको अपील

    काठमाडौँ । नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।

    २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

    परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेमा उनीहरूको जोड छ ।

    नेताहरूले जारी गरेको अपिलमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गरिसकेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।

    अपीलमा आगामी निर्वाचनलाई लक्षित गर्दै संवाद, सहमति र बृहत् एकतामार्फत नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन नेतृत्व तहलाई आग्रह गरिएको छ ।

    कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न सबै तह र तप्कालाई एकताबद्ध हुनुपर्ने अपिल गरिएको छ ।

    उनीहरूले भनेका छन्, ‘यही आउँदो २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर राखी नेपाली कांग्रेसलाई उक्त निर्वाचनमा जनताको विश्वसनीय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी छ ।परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेछ ।’

    केन्द्रीय सदस्य नानु बास्तोलाका अनुसार महाधिवेशन सुनिश्चितता लागि यसअघि २५ केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई दबाव दिंदै ज्ञापन दिएका थिए भने हाल चार जना थपिएर २९ जनाले पार्टीभित्रको विवाद मिलाउन दबाब बढाएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २५ २०८२११:५४:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend