आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, शनिबारसम्म काठमाडौँ आइपुग्न प्रतिनिधिलाई आग्रह

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, शनिबारसम्म काठमाडौँ आइपुग्न प्रतिनिधिलाई आग्रह

  • मिडिया डबली
  • शुक्रवार, पौष २५ २०८२

  • 1.3K
    SHARES

  • कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, शनिबारसम्म काठमाडौँ आइपुग्न प्रतिनिधिलाई आग्रह
    फाइल तस्बिर

    काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ ।

    पुस २७ र २८ गते भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनका लागि जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ ।

    आयोजक समूहले प्रतिनिधिहरूको सुविधा सुनिश्चित गर्न काठमाडौंका विभिन्न होटेलमा १५ सय कोठा छुट्टाइएको बताएको छ ।

    एयरपोर्टदेखि ठमेलसम्मका विभिन्न होटलका कोठा बुक गरिएको हो । आवास तथा खानपान व्यवस्थापन समितिका संयोजक रमेश धमलाले महिला, ज्येष्ठ नागरिक र अपांगता भएका प्रतिनिधिहरूका लागि विशेष व्यवस्थासहित कोठाहरू बुक गरिएको बताए ।

    काठमाडौँमा घर भएका वा आफन्तको घरमा बस्ने प्रतिनिधिहरूलाई सो अनुसार व्यवस्थापन गर्न अनुरोध गरिएकोसमेत उनले जानकारी दिए । सबैलाई शनिबारसम्म काठमाडौँमा आइपुग्न भनिएको छ ।

    कांग्रेसलाई पुनःजागरण गर्नका लागि पनि विशेष महाधिवेशनले भूमिका खेल्ने भन्दै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका हुन् ।

    पार्टीको विधानअनुसार महाधिवेशन बोलाएका उनीहरूको कार्यक्रम असफल बनाउन बहिर्गमन नजिक पुगेका सभापति शेरबहादुर देउवाले आफू निकटको नेतृत्वमा रहेका संघ संगठनका नेतृत्वलाई उचालिरहेका छन् ।

    विधानअनुसार कांग्रेसको विशेष महाधिवेशन पुस २९ भित्र भइसक्नुपर्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २५ २०८२११:३७:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend