आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मधेशका मुख्यमन्त्री यादवद्वारा सत्ताको दुरुपयोग : महाधिवेशन प्रतिनिधिमाथि प्रलोभन र दबाब

मधेशका मुख्यमन्त्री यादवद्वारा सत्ताको दुरुपयोग : महाधिवेशन प्रतिनिधिमाथि प्रलोभन र दबाब

  • मिडिया डबली
  • शनिवार, पौष १९ २०८२

  • 4.3K
    SHARES

  • मधेशका मुख्यमन्त्री यादवद्वारा  सत्ताको दुरुपयोग : महाधिवेशन प्रतिनिधिमाथि प्रलोभन र दबाब

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवमाथि सत्ताको दुरुपयोग गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई प्रलोभन र दबाब दिएको गम्भीर आरोप लागेको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता गराउन दबाब दिइएको र यस क्रममा सरकारी साधन–स्रोतको दुरुपयोग भएको दाबी गरिएको छ ।

    मुख्यमन्त्री यादवले शनिबारसमेत सरकारी गाडी प्रयोग गरी पार्टीगत गतिविधि र आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयास गरेका छन् । कांग्रेसभित्रैका केही नेताहरूले मुख्यमन्त्रीको पद र प्रभाव प्रयोग गरी प्रतिनिधिहरूमाथि दबाब सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले यस्तो गतिविधिले लोकतान्त्रिक अभ्यास र पार्टीको आन्तरिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।

    यसैबीच, यादव मुख्यमन्त्री बनेसँगै उनका विगतका विवादहरू पनि पुनः सतहमा आएका छन्। करिब एक दशकअघि काठमाडौंको एक वेश्यालयबाट प्रहरीद्वारा रंगेहात समातिएको यादव त्यो समयमा पनि सत्ताको भरपुर दुरुपयोग गर्दै मुद्दा किनारा लगाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १९ २०८२१०:०६:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend