आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सर्वपक्षीय सरकार माग्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गर्‍यो आन्दोलन घोषणा

सर्वपक्षीय सरकार माग्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गर्‍यो आन्दोलन घोषणा

  • मिडिया डबली
  • आइतवार, पौष ६ २०८२

  • 2.2K
    SHARES

  • सर्वपक्षीय सरकार माग्दै मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गर्‍यो आन्दोलन घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेनजी संयुक्त आन्दोलनले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । वर्तमान सरकारलाई जेनजी आन्दोलनप्रतिको धोका भन्दै मिराज समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको हो ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ढुंगाना समूहले वर्तमान सरकारको १०० दिनको कामले असफल भइसकेकाले सर्वपक्षीय सरकारको माग गर्दै भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

    ‘जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस्,’ उनले भने, ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन । त्यसैले सर्वपक्षीय सरकार गठन होस् ।’

    ढुंगानाले जेनजी आन्दोलनका एजेन्डा अलपत्र पारेर गरिने चुनावले निकास नदिने बताए ।

    ‘आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’

    सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्न नसक्ने उनले बताए । ‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ ढुंगानाले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ६ २०८२०२:१९:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend