आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीको विजय: एमालेमा फर्कियो ‘निरंकुश तानाशाह’

ओलीको विजय: एमालेमा फर्कियो ‘निरंकुश तानाशाह’

  • मिडिया डबली
  • बिहिवार, पौष ३ २०८२

  • 939
    SHARES

  • ओलीको विजय: एमालेमा फर्कियो ‘निरंकुश तानाशाह’

    काठमाडौं । नेकपा (एकीकृत-मार्क्सवादी–लेनिनवादी) अर्थात् एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज घोषणा भएको अन्तिम मतपरिणामले ओली तेस्रो कार्यकालको नेतृत्वका लागि पुनरागमन भएङ्का छन् ।

    अध्यक्षमा ओलीले प्रतिद्वन्द्वी वरिष्ठ नेत इश्वर पोखरेललाई ठूलो मतान्तरले पराजित गर्दै तेस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

    एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, ओलीले करिब १,६६३ मत ल्याउँदा प्रतिद्वन्द्वी रहेका ईश्‍वर पोखरेलले ५६४ मत मात्रै प्राप्त गरे । २,२३७ महाधिवेशन प्रतिनिधिमध्ये २,२२७ जनाले मतदान गरेका थिए भने ३६ प्रतिनिधि अनुपस्थित रहे ।

    पदाधिकारीहरुमा पनि ओली प्यानलको स्पष्ट बहुमत विजयी भएको छ । १९ पदाधिकारीमध्ये ओली समूहका १७ जना विजयी भएका छन् भने पोखरेल समूहमध्ये केवल २ जना उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र विजयी भए ।

    सचिव र अन्य प्रमुख पदहरूमा ओली प्यानलका उम्मेदवारहरूको प्रभुत्व कायम रहँदा पार्टी नेतृत्वमा ओली समूहको एकल प्रभाव देखिएको छ । यो महाधिवेशन नेकपा एमालेभित्र पछिल्लो एक दशकदेखि देखिएको ओलीतन्त्रको अन्त्यका लागि निर्णायक मानिएको थियो ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले प्रधानमन्त्री पदबाट च्युत भएका ओलीको पार्टी नेतृत्वमा भएको पुनरागमनले एमालेलाई फेरि संकटको बाटोमा डोर्‍याउने निश्‍चित देखिएको छ ।

    गत भदौको जेनजी आन्दोलनमा युवा शक्ति, भ्रष्टाचारविरुद्ध आवाज, र देशको राजनीति संरचनामा ताजा सोचको माग उठेको थियो । तर एमालेको महाधिवेशनमा प्राप्त मतले स्पष्ट संकेत गर्‍यो कि पार्टीभित्र नयाँ पुस्ताको उदयभन्दा ओलीतन्‍त्र पुरानै शैली अझै बलियो छ ।

    तत्कालीन ओली सरकारलाई बर्खास्त गर्ने जन–जी आन्दोलनका प्रदर्शनकारीले प्रतिगामी र पारदर्शिताहीन राजनीति संस्कृतिविरुद्ध आवाज उठाएका थिए ।

    तर आजको नेतृत्व चयनले पार्टीभित्र त्यस आन्दोलनले कुनै प्रभाव नपारेको स्पष्ट सन्देश दिएको छ । एमालेका आलोचकहरू यसलाई निरंकुशता र पारदर्शिताको अभावको संकेतका रूपमा व्याख्या गरिरहेका छन्, जहाँ शक्ति संरचना फेरि एकै व्यक्तिको वरिपरि केन्द्रित भइरहेको छ ।

    आन्दोलनपश्चात सत्ता र नेतृत्व सम्हालेका ओलीले आफ्नो प्रभावलाई पार्टीसम्म सिमित नराखी व्यापक राष्ट्रिय राजनीति र आगामी निर्वाचन रणनीतिमा पनि सक्रिय भूमिका खेल्ने योजना बनाइरहेका छन् ।

    एमालेमा ओलीको विजयले पार्टीको भविष्यलाई दुई धारामा विभाजन गर्ने निश्‍चित छ । एकातिर पुरानो नेतृत्व शैलीलाई निरन्तरता, अर्कोतिर नयाँ सोच तथा प्रतिष्पर्धात्मक नेतृत्‍वका लागि चुनौती ।

    ओलीको नेतृत्वले आगामी समयमा पार्टी रणनीति, गठबन्धन र राष्ट्रिय राजनीतिमा कस्तो दिशा लिन्छ, त्यो नेपाली राजनीतिका लागि निर्णायक मोड बन्न सक्ने अनुमान नेताहरू र विशेषज्ञहरूले गरिरहेका छन् ।

    विगतमा आफ्ना विरोधीहरुलाई पाखा लगाउने र गुणगान गाउनेहरुलाई काखमा राख्‍ने ओली प्रवृत्ती आगामी दिनमा पनि नदोहोरिएला भन्न सकिँदैन । यसकारण एमालेका महाधिवेशन प्रतिनिधिहरुले फेरि निरंकुश तानाशाहबाट नै शासित हुन खोजेको देखिन्छ ।

    ओलीको जितले पार्टीभित्र युवापुस्ता र परिवर्तनको चाहना राख्ने र अन्यायविरुद्ध आवाज उठाउने नेता-कार्यकर्ताहरुले फेरि पनि ओलीको कोपभाजनमा पर्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ३ २०८२०५:०५:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend