नयाँ दिल्ली । प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता नरेन्द्र मोदीले नितिन नवीनको नेतृत्व क्षमता, परिश्रम र संगठनप्रतिको समर्पणको खुलेर प्रशंसा गर्दै उनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्षमा नियुक्त भएकोमा बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले नितिन नवीनलाई मेहनती, ऊर्जाशील र जनतासँग बसेर पार्टी संगठनलाई बलियो बनाउँदै आएका समर्पित कार्यकर्ता भएको उल्लेख गरे। बिहारमा पटक–पटक विधायक तथा मन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले जनआकांक्षा पूरा गर्न इमानदारीका साथ काम गरेको मोदीको भनाइ छ।
मोदीले नितिन नवीनको सरल स्वभाव, विनम्रता र परिणाममुखी कार्यशैलीले उनलाई कार्यकर्ता र जनताबीच लोकप्रिय बनाएको उल्लेख गरेका छन् । संगठन र शासन दुवै क्षेत्रमा प्राप्त अनुभवका कारण उनी पार्टीका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउँदै प्रधानमन्त्री मोदीले आगामी दिनमा उनको ऊर्जा र समर्पणले भाजपाको संगठनात्मक शक्ति अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री मोदीले नितिन नवीनको नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको कामना गर्दै उनको नेतृत्वले पार्टीलाई थप उचाइमा पुर्याउने आशा व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।