काठमाडौँ - प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पाँच जिल्लाबाट सिफारिस भएका छन् ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी तेह्रथुम, काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् । उनलाई तेह्रथुम र काठमाडौँबाट एकल उम्मेदवारीको सिफारिस गरिएको छ भने अन्य जिल्ला अरु नेताको नाम पनि जोडिएको छ । तेह्रथुममा एकमात्र क्षेत्र रहेको छ ।
तेह्रथुममा उनलाई एकल सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ उनकोमात्र नाम समावेश गरिएको हो । समानुपातिकतर्फ भने कृष्णमान तुम्बाहाङ्फे, डिल्लीराम नेपाल, विजय साम्बाहाङफे, रुद्र कन्दङवा, बसन्ती सुब्बा गुरुङ, शारदा कोइराला र शनिषा भेटवालको नाम सिफारिस गरिएको छ । उनको पुरानो क्षेत्र काठमाडौँ ४ बाट उनी प्रत्यक्षतर्फ सर्वसम्मत एकल एम्मेदवारका रुपमा सिफारिस भए ।

विवादरहित तरिकाले थापाको नाम सर्वसम्मत भएको हो । समानुपातिकतर्फ भने तीन जनाको नाम सिफारिस भएको छ । जसमा राधा घले, नर्बदा पोखरेल र राजन विश्वकर्मा रहेका छन् ।
राष्ट्रिय सभामा भने आकांक्षी धेरै देखिएका छन् । जसमा पूर्व प्रतिनिधि सभा सदस्य दिब्यमणी राजभण्डारी, अनारदेवी बस्नेत, कमला राई र शशी रिमाल रहेका छन् । उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो ।
थापासँगै सर्लाही ४ बाट वीरेन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ । धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो ।
दोस्रोमा दिनेश राईको नाम रहेको छ । त्यस्तै हरिकुमार राई र मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवारतर्फ सिफारिस गरिएको छ । रोल्पाबाट महामन्त्री थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।