काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा पार्टीकातर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने भएको छ ।
रास्वपाका कार्यवाहक सभापति डीपी आर्यालले एमालेको निमन्त्रणामा पार्टीका तर्फबाट महामन्त्री बुर्लाकोटीलाई उद्घाटन समारोहमा खटाएका हुन् ।
महामन्त्री बुर्लाकोटी भने पार्टी कामको सिलसिलामा यतिबेला सुर्खेतमा रहेका छन् । उनी आजै जहाजमार्फत काठमाडौँ आउने तयारीमा रहेका छन् । तर परिस्थिति अनुकूल नभएमा उनले नै पार्टीका अन्य कुनै पदाधिकारीलाई खटाउन सक्ने छन् ।
केही समयदेखि एमाले र रास्वपाबीचको टकरावका कारण एकअर्काको कार्यक्रममा नजाने स्थिति बनेको थियो ।
तर आजबाट निषेधको अवस्था हट्ने संकेत देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।