आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बलोचिस्तान: आफैँको देशभित्र शत्रु घोषित गरिएका नागरिक

बलोचिस्तान: आफैँको देशभित्र शत्रु घोषित गरिएका नागरिक

  • मिडिया डबली
  • सोमवार, मंसिर २३ २०८२

  • 762
    SHARES

  • बलोचिस्तान: आफैँको देशभित्र शत्रु घोषित गरिएका नागरिक

    बलोचिस्तान पाकिस्तानको सबैभन्दा समृद्ध भूभाग मानिन्छ—ग्यास, खानी, समुद्री मार्ग, रणनीतिक भौगोलिक पहुँच सबैकुरा छ। तर विडम्बना यस्तो छ कि यही प्रदेश पाकिस्तानमा सर्वाधिक उपेक्षित, सर्वाधिक पीडित र सर्वाधिक दमनको शिकारी बनेको छ। राज्य विकासको नाममा सम्पदा लुट्छ, तर स्थानीय जनतालाई अधिकार होइन, बन्दूकको भाषा दिन्छ। लामो समयदेखि बलोच जनतामाथि गरिएको हिँसाले अब यो संघर्षलाई केवल राजनीतिक होइन, अस्तित्वको प्रश्न बनाइदिएको छ।

    बलोच युवाहरू हराउँछन्, फेला पर्छन् शवमा परिवर्तन भएर — खेतमा, नदीकिनारमा, सडकछेउमा। परिवारहरू महिनौँ त के, वर्षौँसम्म आफन्तको समाचार पर्खन्छन्। न्याय न मागनु, आवाज न उठाउनु भन्ने व्यवस्थाले बलोचिस्तानमा डर मात्रै बाँडेको छैन, प्रतिरोध पनि जन्माइदिएको छ। जब राज्य आफैँ अपराधी हुन्छ, नागरिकको प्रतिरोधलाई विद्रोह घोषणाको एउटा बहाना बनाइन्छ। यसरी बलोचिस्तानलाई पाकिस्तान आफैँले युद्ध क्षेत्र बनाएको छ।

    आन्दोलन दमनका लागि राज्य सुरक्षा आधिकारिक नाम भएकाहरूलाई “डेथ स्क्वाड”को रूप दिईएको छ भन्ने आरोप दिनदिनै बढ्दो छ। युवा कार्यकर्ता, विद्यार्थी नेताहरू, पत्रकार—जो प्रश्न गर्छन्, उनीहरू लक्ष्य बन्छन्। गोली र बन्दूकको उत्तरमा आवाजहरू अझ जोसिलो हुन्छन्, किनकि बलोचहरुको विश्वास सरल छ — “मौनता भनेको मृत्यु हो।” पाकिस्तानले चाहेको मौनता अहिले प्रतिरोधको आवाज बनेर विश्वभर सुनिन थालिएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा पनि बलोचिस्तानको बेदना उठ्न थालेको छ। संयुक्त अधिराज्यका सांसददेखि मानवअधिकार संस्थाहरूले पाकिस्तानलाई जवाफदेही बन्नुपर्ने माग उठाइरहेका छन्। तर इस्लामाबादको प्रतिक्रिया सोचनीय छ—विदेशी षड्यन्त्रको आरोप, राष्ट्रवादको आड र बल प्रयोगको निरन्तरता। लोकतन्त्र भन्ने देशको व्यवहार आफैँले शान्त नागरिकलाई शत्रु ठान्ने यो वास्तविकतालाई के नाम दिने?

    बलोचिस्तानको पीडा केवल अधिकारको माग होइन, राष्ट्रिय अस्तित्वको तुरुन्त उपचार हो। यदि पाकिस्तानले अझै पनि गुमराह भएर बल प्रयोगलाई समाधान सम्झिरह्यो भने, बलोचहरुको दिलबाट पाकिस्तान नामको देश नै हराउँछ। बलपूर्वक जोडिएको पहिचान टुट्न धेरै समय लाग्दैन, जब राज्यले नागरिकलाई अधिकार होइन, दुर्व्यवहार मात्र दिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर २३ २०८२०४:२७:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend