आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरोज थापा उर्फ रोज राणाका काण्ड : जग्गा प्लटिङमा सरकारी बजेट, श्रीमतीलाई स्वकीय सुविधा

सरोज थापा उर्फ रोज राणाका काण्ड : जग्गा प्लटिङमा सरकारी बजेट, श्रीमतीलाई स्वकीय सुविधा

  • मिडिया डबली
  • आइतवार, मंसिर १५ २०८२

  • 2.8K
    SHARES

  • सरोज थापा उर्फ रोज राणाका काण्ड : जग्गा प्लटिङमा सरकारी बजेट, श्रीमतीलाई स्वकीय सुविधा

    काठमाडौं -  लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा उर्फ रोज राणा पछिल्लो समय विवादको भूमरीमा फसेका छन् ।

    बजेट निर्माणको समयमा गोली हान्ने धम्की दिएर विवादित बनेका मन्त्री थापाले व्यक्तिगत जग्गा प्लटिङमा सरकारी बजेट खर्च गर्नेदेखि श्रीमतीलाई स्वकिय सचिवको सुविधा दिनेसम्मका अनेक आरोपहरुको सामना गर्नुपरेको छ ।

    काठमाडौंमा रहँदा नेपाली चलचित्र क्षेत्रमा रोज राणा भनेर चिनिने मन्त्री थापाले कुनै समय डान्सबारहरुमा नग्‍न नृत्य गराउने गरेकोसमेत खुलेको थियो । अहिले मन्त्री हुँदा पनि आफ्नो रवाफ भने कम गरेको देखिँदैन ।

    गुण्डाराज शैलीमा प्रस्तुत हुने मन्त्री थापाले आफ्नो आमा नमीदेवी थापाको नाममा रहेको जग्गाको प्लटिङका क्रममा बाटो बनाउनका लागि सरकारी बजेटको दुरुपयोग गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

    लुम्बिनीको सहरी विकास तथा खानेपानी मन्त्री रहेका थापाको शिवराज नगरपालिका-५ चन्द्रौटास्थित खेतमा प्रदेश सरकारबाट चालु आर्थिक बर्षमा सडक निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    यसको लुम्बिनी प्रदेशका सांसदहरुले नै चर्को विरोध गरेका छन् । त्यसैगरी उनको अर्को काण्ड भनेको उनले आफ्नो श्रीमतीलाई नै स्वकीय सचिव बनाएर जनताको करबाट उठेको रकमबाट तलब-सुविधा उपलब्ध गराइरहेका छन् ।

    लामो समय काठमाडौंमा गुण्डागर्दी गरेका थापा गत २०७९ को निर्वाचनमा प्रदेश सांसद बनेका थिए । आरजु राणाको निकट रहेका थापालाई संगठनमा रहेर काम गरेकाहरुलाई बाइपास गर्दै उम्मेदवार बनाइएको थियो ।

    उनै थापाले पार्टीमा लामो समय लागेका विज्ञहरु हुँदाहुँदै श्रीमतीलाई नै स्वकीय सचिव बनाएर सरकारी सुविधाको दुरुपयोग गरिरहेका छन् ।

    यसले लुम्बिनी प्रदेशका विभिन्‍न तहमा रहेर संगठन निर्माण गरेका कांग्रेस कार्यकर्ताहरुमाथि ठूलो अन्याय भएको भन्दै विरोधहरु भइरहेका छन् । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको कार्यकर्ता भएर आफ्नो निजी स्वार्थपूर्तीमा लागेका थापाजस्ता पात्रका कारण पार्टी नै बद्‌नाम हुने स्थिति सिर्जना भएको छ ।

    यस्तै पात्रका कारण भ्रष्टाचार बढेको भन्दै सिंगो सरकारी संयन्त्र खरानी हुने गरी भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । यद्पि जेनजीले सत्ता परिवर्तन गरे पनि भ्रष्टाचारका संयन्त्रहरु पनि यथावत रहेको र अहिलेको सरकारले पनि भ्रष्टाचारलाई नै प्रश्रय दिइरहेको देखिन्छ ।

    देशभर भइरहेका यस्ता नीतिगत भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गरिएन भने जेनजी आन्दोलन पनि हात्ती आयो- फुस्सा जस्तै बन्‍नेमा कुनै दुईमत छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १५ २०८२०४:४८:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend