आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

  • मिडिया डबली
  • शनिवार, मंसिर १४ २०८२

  • 651
    SHARES

  • आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित

    काठमाडौं । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम) ले नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित गरेको छ ।  नोभेम्बर २७ देखि २९ सम्म भारतको पुणेमा आयोजित आईआईटीएममा अवार्ड्स नाइट २०२५ का क्रममा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।

    उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्याले ग्रहण गरेका हुन् । अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रेजेन्टेशन’ सत्रमा बोर्डका वरष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू, बुद्ध सर्किट, रामायण सर्किट, तथा अन्तरदेशीय इको–ट्रेलहरूजस्ता पर्यटन उत्पादन समेटिएको एक प्रभावशाली अडियो–भिजुअल प्रस्तुति दिएका हुन् ।

    जसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय ट्रेकिङ तथा हिमाल आरोहण अवसरहरू, र रोमाञ्चक साहसिक खेलहरू  प्रमुख आकर्षण रहेको बारे जानकारी गराइएको हो ।

    WhatsApp Image 2025-11-29 at 01.21.22 (1).jpeg

    आईआईटीएम पुणे २०२५ मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवर्द्धन गरिएको बोर्डको नेतृत्व गर्दै कार्यक्रममा सहभागी वरिष्ठ अधिकृत रेग्मीले बताएका छन् ।

    आईआईटीएममा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल ट्रेड कम्पनीहरूसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरहरूका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्‍न मुलुकका सयौँ ट्राभल ट्रेड प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकहरूको सक्रिय सहभागिता रहेको छ ।

    बोर्डले आईआईटीएममा रहेको नेपाल पभेलियनमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य, र अतिथिसत्कार प्रस्तुत गर्ने सशक्त मञ्च भएको उल्लेख गरेको छ ।  आईआईटीएम पुणे २०२५ मा नेपाल पर्यटन बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताएका छन् ।

    यस किसिमका अन्तर्राष्ट्रिय मञ्‍चहरुमा भएको बोर्डको सक्रिय सहभागिताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा थप सशक्त बनाउने सीईओ जोशीको विश्‍वास छ ।

    WhatsApp Image 2025-11-29 at 01.27.23.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर १४ २०८२०९:४६:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend