नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरका नेताहरूले अनौपचारिक वार्तामा नबस्ने अडान लिएका छन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूको आजको बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको अनौपचारिक संवादमा नजाने निर्णय गरेको हो ।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरलाई भोलि अनौपचारिक संवादमा बोलाएका छन् ।
विशेष महाधिवेशन पक्षधर नेता गुरूराज घिमिरेका अनुसार खड्काले शनिबार बिहान ८ बजे निजी निवासमा छलफलमा बोलाएका हुन् ।
तर विशेष महाधिवेशन पक्षधर नेताहरूको आजको छलफलले शनिबारको बैठकमा नजाने निर्णय गरेको घिमिरेले बताए । ‘उहाँको फोन अफ छ, म्यासेज पठाएर हामी अनौपचारिक छलफलमा बस्दैनौं भनेर सन्देश पठाएका छौं,’ घिमिरेले भने ।
नेता घिमिरेले २ हजार ४ सयभन्दा बढीले हस्ताक्षर गरेर विशेष महाधिवेशन मागेको तर, पार्टीले हालसम्म अनुमोदन नगरेको भन्दै गुनासो गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।