आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल

हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १३ २०८२

  • 1.4K
    SHARES

  • हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल

    धनगढी- नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरेका छन्।

    पार्टीको सुदूरपश्चिमस्तरीय सभालाई धनगढीमा सम्बोधन गर्दै आगामी निर्वाचनमा जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुपर्ने बताएका हुन्।

    उनले आफ्नो पार्टी चुनावको लागि तयार रहेको तर सरकारले वातावरण भने तयार पार्नुपर्ने बताए।

    रावलले जेनजी आन्दोलनको समयमा सुरक्षा परिषद् बैठकसमेत बोलाउन नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर भागेको आरोप लगाए। त्यस्तै अहिले ओलीले भक्तपुरमा बसेर जनता धम्क्याइरहेको पनि आरोप लगाए।

    उनले भने 'सुरक्षा परिषद्को बैठकसमेत डाक्न नसकेर बालुवाटारबाट हेलिकप्टरबाट भाग्ने केपी ओलीजी जस्ता भक्तपुरको कुनामा बसेर जनतालाई धमक्याउने थर्काउनेलाई रोक्न तपाईंहरू सचेत हुनुस्। तपाईंहरूलाई नेतृत्व दिन नेपाली कम्युनिस्ट पार्टी तयार छ।'

    सरकारले अहिले बाहिर भएका गोलीगठ्ठा तत्काल नियन्त्रणमा लिनुपर्ने पनि रावलको भनाइ छ। 'अन्तरिम सरकारलाई भन्न चाहन्छौँ। नेपाली कम्युनिस्ट पार्टी चुनावमा जान तयार छ। त्यसकारण निर्वाचन निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न बाहिर रहेका गोलीगठ्ठा नियन्त्रण गरोस्,' उनले भने, 'नेपाली कम्युनिस्ट पार्टीको यो यात्रालाई अब जनताको भावनालाई समेटेर अघि बढाउँदै छौँ। जेनजी र युवाको नाममा आन्दोलन भयो। हामी उनीहरूको आवाज बोक्छौँ। भ्रष्टाचारी कुशासन ल्याउनेहरूलाई खबरदारी गर्छौँ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १३ २०८२०४:३७:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend