आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल-भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक

नेपाल-भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १३ २०८२

  • 615
    SHARES

  • नेपाल-भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक

    काठमाडौँ- कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल-भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो ।

    अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी कानून, इ-शासन (ई-गर्भनेन्स), एआई नीति तथा डिजिटल सरकारका लागि रणनीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका वरिष्ठ आइसीटी नीति विशेषज्ञ हुन् ।

    डिजिटल करिडोरले नेपालको आइटी दशक २०२४-२०३४ को लक्ष्यलाई भारतको डिजिटल पब्लिक इन्फ्रास्टक्चर (डीपीआई) सँग जोडेर दुवै देशबीच सुरक्षित, दिगो र नवप्रवर्तन-केन्द्रित वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ ।

    यसमा क्रस-बोर्डर फिनटेक एकीकरण, स्टार्टअप तथा नवप्रवर्तन सहकार्य, सीप र प्रमाणपत्र विनिमय, साइबर सुरक्षा साझेदारी, एआई तथा अनुसन्धान सहयोग, डिजिटल पूर्वाधार विस्तार र नीतिगत समायोजनजस्ता सात प्रमुख आधारस्तम्भ समावेश छन् । अधिकारीका अनुसार, डिजिटल कोरिडोर प्राविधिक परियोजनामात्र नभई साझा आर्थिक दृष्टि हो ।

    जसले नेपाललाई विश्वस्तरको सफ्टवेयर तथा आउटसोर्सिङ हब बनाउन मद्दत गर्नेछ । क्यान फेडरेसनले यस कोरिडोरले नेपालमा १५ लाख आइटी रोजगारी सिर्जना गर्ने र तीन अर्ब अमेरिकी डलर बराबरको आइटी सेवा निर्यात लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ ।

    सन् १९९२ मा स्थापित क्यान फेडरेसन नेपालभरका प्रदेश, जिल्ला, उद्योग, पेशेवर तथा विद्यार्थीलाई समेट्ने सबैभन्दा ठूलो आइसिटि संगठन हो, जसले नेपालका प्रमुख डिजिटल परिवर्तन परियोजनामा नेतृत्व गर्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १३ २०८२०१:५७:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend