काठमाडौं- नेपाली कांग्रेसका नेता बाबुराम आचार्यले पार्टीभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको अवस्थामा बिशेष महाधिवेशन प्रक्रियाको औपचारिक सुरुवात भइसकेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले बिशेष महाधिवेशन पक्षधरलाई “नडराई, नहिच्किचाई” तयारीमा लाग्न आग्रह गरेका छन्। सरिरहने केन्द्रीय समिति बैठकमा सहभागी हुनुको अर्थ नभएको बताउँदै उनले भनेका छन्–
“केन्द्रीय समिति बैठक पटक–पटक सार्ने प्रवृत्तिलाई बहिष्कार गरी पर्चा–पम्प्लेट र महाधिवेशनस्थल तयारीमा लाग्नु नै अब उचित कदम हो।”
आचार्यका अनुसार धारा १७(२) बमोजिम ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेपछि केन्द्रीय समितिसमक्ष महाधिवेशनबारे निर्णय उल्ट्याउने अधिकार नै हुँदैन। “अनुमोदन गर्नुबाहेक विकल्प हुँदैन,” उनले लेखेका छन्।
पछिल्ला घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै आचार्यले भने, “भदौ २३–२४ को जेनजी आन्दोलन, २७ घण्टामै सरकार परिवर्तन, ७६ जनाको बलिदानपछि केन्द्रीय समितिको नेतृत्वले पनि अब जनभावनालाई अनुमोदन गर्नैपर्छ, होइन र?”
उनले सभापति वा पदाधिकारी जोसुकै भए पनि अधिवेशनको माग उठेपछि पछि हट्नु गलत भएको जिकिर गरे।
“पार्टी, लोकतन्त्र र देशकै हितका लागि अधिवेशनको बाटो नै एकमात्र समाधान हो,” उनले थपे।
आचार्यको स्टाटसका मुख्य बुँदाहरूः
अन्त्यमा उनले लेखेका छन्— “अब अल्झने बेला छैन। बिशेष महाधिवेशनको तयारीमै लागौँ। जय नेपाल!”
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।