आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शशांकको मध्यमार्गी प्रस्ताव—विशेष महाधिवेशन पक्षधरको पनि भावना समेटिने गरि सर्वसम्मत समाधान खोजौं

शशांकको मध्यमार्गी प्रस्ताव—विशेष महाधिवेशन पक्षधरको पनि भावना समेटिने गरि सर्वसम्मत समाधान खोजौं

  • मिडिया डबली
  • बुधवार, कार्तिक २७ २०८२

  • 4.4K
    SHARES

  • शशांकको मध्यमार्गी प्रस्ताव—विशेष महाधिवेशन पक्षधरको पनि भावना समेटिने गरि सर्वसम्मत समाधान खोजौं

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताएका छन् ।

    जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै डा. कोइरालाले यतिबेला विशेष महाधिवेशनमा पार्टी जानु नहुने भन्दै बिशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुने बताए ।

    कोइरालाले सामाजिक न्याय र समतामुलुक समाज निमार्णको वीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट समुन्नतिमा पु¥याउनका लागि द्धन्द व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा आफू प्रष्ट भएको बताए ।

    उनले राष्ट्र र पार्टीको वर्तमान विषम परिस्थिति रहेको अवस्थामा हठात प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठ भन्दा विपरीत विचारप्रति सहिष्णुता, सहअस्तित्वका साथ द्धन्द व्यवस्थापन गर्दै वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकतावद्ध पार्टी निर्माण आजको आवश्यकता रहेको बताए ।

    उनले आफू सदैव यहि अभियानमा रहेको पनि उल्लेख गरे । डा. कोइरालाले आजको मुख्य बिषय भनेकै फागुन २१ को निर्वाचन भएको बताउँदै उक्त निर्वाचनमा जान सबै राजनीतिक दल, नागरिक समाजलगायत सबैलाई एकतावद्ध बनाउनुपर्ने दायित्व नेपाली कांग्रेसको भएको स्पष्ट पारे ।

    उनले भने– ‘यतिबेला नेपाली कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सहि दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो । त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ ।’

    कोइरालाले निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताउँदै भने– ‘यतिबेला देशमा भयरहित वातावरण छैन । सरकारलाई वातावरण बनाउन दबाब दिउँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो । यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाव बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं ।’

    कोइरालाले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएको तर संविधान यथावत रहेको भन्दै फागुन २१ को निर्वाचन मार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने पनि बताए । उनले कांग्रेस पार्टीले निर्णय गरिरहँदा वर्तमान संविधान, संघीयता, समावेशीता, जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता आदिको हेक्का राख्नुपर्ने बताए ।

    उनले भने–‘मुलतः हामीले सोच्नुपर्छ अबको दिनमा सरकारको डेलिभरी क्षमता कसरी बढाउने ? कसरी रोजगारीका अवसर बढाउने जस्ता विषयको अगुवाई कांग्रेसले गर्नुपर्छ ।’ उनले दुई छिमेकी मित्रराष्ट्रसंगको सम्बन्ध सुदृढिकरणमा हामीले विषेश ध्यान दिनुपर्ने भन्दै नेपालको हितमा उपयोग हुनेगरि मित्रराष्ट्रहरूको सरोकारलाई समेत ध्यानमा राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पारे ।

    भदौ २३ र २४ गतेपछि आफ्नो मनमा केहि प्रश्न उठिरहेको भन्दै ०६२÷६३ को जनआन्दोलनमा लोकतान्त्रिक अधिकारका लागि अब उप्रान्त कसैले पनि रगत बगाउनु पर्ने छैन भने तर अहिले फेरि रक्तपात र भयावहको अवस्था किन आयो ? यो परिस्थिति आउनुमा क–कस्को के–के कमजोरी रह्यो ? ऐतिहासिक धरोहर सिंहदरबार, सवोच्च अदालत, शीतल निवासजस्ता सम्पदालाई किन निशाना बनाइयो ? जहानियाँ राणाशासन विरुद्ध फरक ढंगले बिद्रोहको बिगुल फुक्ने पिताजी कृष्णप्रसाद कोइरालाको बिराटनगरस्थित निवास किन ध्वस्त बनाइयो भन्दै त्यसको जवाफ कांग्रेसले खोज्नुपर्ने बताए ।

    उनले भने– ‘ लौहपुरुष गणेशमान सिंहको निवास चाक्सिवारी र सन्त नेता किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथि प्रहारका रुपमा मैले बुझेको छु । मिडिया हाउस, ब्यापारिक प्रतिष्ठान, निजि घर आदि जल्नु कुनै कोणबाट पनि सहि थिएन । निजि क्षेत्रलाई निरुत्साहित गरेर आजको विश्वमा कुनै देश समृद्ध बन्न संभव छैन् । सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी माथि भएको भौतिक आक्रमण अत्यन्तै निन्दनीय र दुःखद थियो । यो अमानवीय घटनाको म निन्दा गर्दछु ।’

    उनले भदौ २३ र २४ गते घटनामा निष्पक्ष छानबिन गरेर सम्पुर्ण वास्तविकता सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २७ २०८२०३:४७:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend