आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आठ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न भारतको अनुमति

आठ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न भारतको अनुमति

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १४ २०८२

  • 2.2K
    SHARES

  • आठ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न भारतको अनुमति

    काठमाडौँ- भारतले नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट बिजुली निर्यात गर्नका लागि दिएको अनुमति नवीकरण गरेको छ।

    नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यातको अनुमति नवीकरणका लागि प्रस्ताव गरेकोमा भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार स्वीकृति नवीकरण गरिदिएको हो।

    प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा र द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा विक्री गर्दै आएको छ।

    भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत निर्यात भइरहेको छ।

    भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा विद्युत विक्री गर्न स्वीकृत पाएका चार आयोजनाको नवीकरण भएको छ। ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा विक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुनेगरी करिब एक वर्षका लागि नवीकरण गरिएको छ।

    यसैगरी, द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई विक्री भइरहेको चार आयोजनाबाट उत्पादित करिब १८० मेगावाट विद्युतको विक्री अनुमति बिहीबार सकिने छ। प्राधिकरणले जुन–अक्टोबरमा हरेक वर्ष हरियाणालाई विद्युत विक्री गर्दछ। अब प्राधिकरणले हरियाणालाई विद्युत विक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि विक्री गर्न पाएको छ, जसलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृति दिएको हो।

    यससँगै यी चार आयोजनाबाट उत्पादित विद्युत शुक्रवारबाट आइएक्समा समेत निरन्तर रूपमा विक्री गर्न पाउने भएका छन्। यसअघि अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा सहभागी हुन नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन र विद्युत उत्पादनको सबैभन्दा राम्रो समय भएकाले नवीकरणका लागि पठाइएका प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन आग्रह गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १४ २०८२०४:२४:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend