आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सञ्चारमन्त्री खरेलद्वारा अनलाइन टिभीलाई नयाँ मूलधार मिडियाको संज्ञा

सञ्चारमन्त्री खरेलद्वारा अनलाइन टिभीलाई नयाँ मूलधार मिडियाको संज्ञा

  • मिडिया डबली
  • बुधवार, कार्तिक १३ २०८२

  • 1.3K
    SHARES

  • सञ्चारमन्त्री खरेलद्वारा अनलाइन टिभीलाई नयाँ मूलधार मिडियाको संज्ञा

    काठमाडौं, १२ कात्तिक- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टिभीलाई नेपालको नयाँ मूलधार मिडियाको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

    बुधबार मन्त्रालयमा अनलाइन टिभी पत्रकारहरूसँग भएको छलफलमा मन्त्री खरेलले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको बताउनुभयो। उहाँले सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाउन ठोस कदम चाल्न लागेको जानकारी दिनुभयो।

    मन्त्री खरेलका अनुसार अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत नै हुने व्यवस्था मिलाइएको छ। उहाँले भन्नुभयो, “अनलाइन टिभीहरू जनताको आवाज बोल्ने मुख्य प्लेटफर्म बनेका छन्। त्यसलाई नियमनसंगै सशक्तिकरण गर्न सरकार प्रतिवद्ध छ।”

    उहाँका अनुसार यससम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस भइसकेको छ र केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन मिडियाको दर्ता र नवीकरण औपचारिक रूपमा विभागबाटै सुरु हुनेछ।

    छलफलका क्रममा अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीलाई व्यवस्थित गर्न सूचीकरण, पत्रकार प्रशिक्षण, बीमा र प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो। उहाँले डिजिटल साक्षरता राष्ट्रिय अभियान घोषणा गरेर सामाजिक सञ्जालको दुरुपयोग रोक्ने वातावरण बनाउन पनि माग गर्नुभयो।

    भण्डारीले भन्नुभयो, “अनलाइन टिभी अब केवल मनोरञ्जन होइन, जनचेतना र सूचना प्रसारको नयाँ शक्ति बनेका छन्। त्यसैले नीति र संरचनाबाट यस क्षेत्रलाई सम्बोधन गर्न जरुरी छ।”

    मन्त्री खरेलले अध्यक्ष भण्डारीले राखेका सुझावहरु मध्य केही न केही तत्कालै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नयाँ पुस्ताको सञ्चार शक्तिलाई राज्यको सञ्चार नीतिमा प्राथमिकताका रूपमा अघि बढाउने आश्वासन दिनुभयो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक १३ २०८२०४:४५:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend