काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर दर्ता प्रक्रियामा पार्टी केन्द्रीय कार्यालयले आलटाल गरेको आरोप लागेको छ।
विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाउन सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवहाक सभापति पूर्णबहादुर खड्काले तत्काल ग्रहण नगरेको स्रोतले जनाएको छ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार पार्टीमा जम्मा ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये १८७ जना प्रतिनिधिको मृत्यु भइसकेको वा पार्टी परित्याग गरेको कारण हाल ४,५५६ जना प्रतिनिधि बहाल अवस्थामा छन्।
तीमध्ये २,४८७ जना अर्थात ५४.५८ ले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर गरेका छन् । पार्टी विधानअनुसार केन्द्रीय समितिले विशेष कारण देखाएर वा महाधिवेशन प्रतिनिधिहरूमध्ये ४० प्रतिशतले लिखित माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
तर नेतृत्वले भने हस्ताक्षर दर्ता नगरी ढिलाइ गर्न खोजेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले आपत्ति जनाएका छन्। स्रोतका अनुसार, हस्ताक्षर बुझाउन पुगेका प्रतिनिधिहरूलाई कार्यवहाक सभापति खड्काले तत्काल दर्ता नगर्ने संकेत गरेपछि कांग्रेसभित्र विशेष महाधिवेशनको बहस झनै तातो बनेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा अगाडि बढाइएको विशेष महाधिवेशन पहललाई बरिष्ठ नेता डा. शेखर कोईराला पक्षले असहयोग गरेको थियो भने सभापति शेरबहादुर देउवा पक्षले अनावश्यक भन्दै विरोध जनाउदै आएको छ ।
विश्लेषकहरूका अनुसार, हस्ताक्षर दर्तामा गर्न जटि ठिलो र आलटाल हुन्छ, विषेश महाधिवेशन पक्षधर थप बलियो हुदै गएर विषेश महाविधेशन हुने संभावना अझ बढ्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।