मोरङ- नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन्।
मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्।
पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ।
मोरङको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि निरा कट्टेल तथा जानकी कुमारी केवरत र मोरङ ५ का महाधिवेशन प्रतिनिधि जिरालाल मण्डल तथा बिमलादेवी राजवंशीले आफूहरू नियमित महाधिवेशन नभई विशेष महाधिवेशनको पक्षमा अडिग रहेको स्पष्ट पारेका हुन् ।
केन्द्रीय पार्टी सभापतिलाई सम्बोधन गरी पठाइएको पत्रमा पदाधिकारीहरूलाई विश्वास गरेर हस्ताक्षर गरेकोमा आफूहरुलाई झुक्काइएको उल्लेख छ।
पूर्वमन्त्री डिग बहादुर लिम्बु कांग्रेसको जिल्ला सभापति रहेको मोरङ कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको समेत गृह जिल्ला हो।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।