काठमाडौं — आइतबार साँझ माइतीघरमा भएको जेन-जी आन्दोलनमा कालो पोशाकमा देखिएका एक युवकलाई केही समूहहरूले सुरुवातमै ‘विदेशी स्नाइपर’ भएको प्रचार गरेका थिए।
पूर्ण कालो पहिरन, ज्याकेट, टोपी, चस्मा र अनुहार ढाकेर उनी मोटरसाइकलमा प्रदर्शनस्थलमा देखिँदा धेरैले सुरक्षाकर्मी वा अज्ञात शक्ति भएको अनुमान गरेका थिए।
तर चाँडै नै त्यो हल्ला गलत साबित भयो। ती युवक २१ वर्षीय जेनिश महर्जन भएको पुष्टि भयो, जो हामी नेपाल नामक संस्थाका स्वयंसेवक हुन्। उनी त्यहाँ पम्प्लेट र प्लेकार्ड बाँड्ने, पानी पुर्याउने, एम्बुलेन्स तथा स्वास्थ्य टोलीसँग सहकार्य गर्ने जिम्मेवारीमा खटिएका थिए।
हामी नेपाल का अध्यक्ष सुधन गुरुङका अनुसार, महर्जनले प्रयोग गरेको पोशाक सेना पक्षबाट उपलब्ध गराइएको हो। उनी स्वयंसेवककै भूमिकामा प्रदर्शनस्थलमा खटिएका थिए, तर सैन्य शैलीको पोशाकका कारण सुरुमा गलत बुझाइ भएको हो।
यसरी सुरुमा ‘विदेशी स्नाइपर’ भन्ने आरोप लगाइएका युवक स्वयंसेवक भएको प्रष्ट भएपछि आन्दोलनमा फैलिएको भ्रम हटेको छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।