प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेकी छिन्। उनीहरुबीच करिब २० मिनेट कुरा भएको थियो।
टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’
नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने वहाँको प्रयासमा भारतको दृढ समर्थन रहेको कुरामा जोड दिएँ। साथै, भोलि हुने राष्ट्रिय दिवसको अवसरमा वहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरेँ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।