आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघ केन्द्रीय सदस्य उत्तम साउदले दिए राजीनामा, सरकारको बर्बरतापूर्ण दमनको विरोध

नेविसंघ केन्द्रीय सदस्य उत्तम साउदले दिए राजीनामा, सरकारको बर्बरतापूर्ण दमनको विरोध

  • मिडिया डबली
  • सोमवार, भाद्र २३ २०८२

  • 3.0K
    SHARES

  • नेविसंघ केन्द्रीय सदस्य उत्तम साउदले दिए राजीनामा, सरकारको बर्बरतापूर्ण दमनको विरोध

    काठमाडौं – जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारको दमन र बर्बरतापूर्ण हिंसाप्रति विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य उत्तम साउदले राजीनामा दिएका छन् ।

    उनले आफ्नो फेसबुक स्टाटस मार्फत् घोषणा गर्दै भनेका छन्, “ती कलिला अबोध विद्यार्थीको निर्मम हत्या हुँदा म टुलुटुलु त्यो रगतको खोलो हेरेर विद्यार्थी संघ जिन्दावाद गर्न मेरो रगतले दिएन । अहिलेसम्म अबोध विद्यार्थीहरूमाथिको बर्बरतामा सरकारको जति निन्दा गरे पनि कम हुन्छ ।”

    साउदले विगत १७ वर्षदेखि विद्यार्थी अधिकार र सामाजिक न्यायको लागि बोलेको स्मरण गर्दै भनेका छन्, "आज ती विद्यार्थी नै सरकारद्वारा हत्या गरिएका छन् ।"

    त्यसैले उनले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य पदबाट राजीनामा दिने निर्णय गरेका हुन् । उनले थपे, “शान्तिपूर्ण आन्दोलनबाट ऐक्यबद्धता जनाइ सत्य, न्याय र अधिकारका लागि आवाज उठाऔँ।

    अब, #EnoughIsEnough।” यस कदमले हालको आन्दोलनमा नयाँ राजनीतिक संवेदनशीलता थपेको छ । युवा पुस्ता, विशेषगरी Gen G, ले शान्तिपूर्ण आन्दोलनमार्फत् सुशासन, आफ्नो अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न आन्दोलनमा सक्रिय छन्।

    तर, केही स्वार्थ समूहहरूले आन्दोलनलाई आफ्नो राजनीतिक लाभका लागि प्रयोग गर्दा हिंसा र मानवीय क्षति बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २३ २०८२०८:३९:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend