काठमाडौं - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन जी पुस्ताको प्रदर्शनमा सरकारले गरेको दमनको क्षमा दिन नसकिने बताएका छन्।
नेता भण्डारीले युवाको माग तत्काल पूरा गर्न माग गरेका छन्। उनले लेखेका छन्, ‘सरकार, युवाको माग तुरुन्त पुरा गर, राष्ट्रिय झण्डा बोकेका युवालाई गोली, युवाको मृत्यु दुःखद्, क्षमादिन नमिल्ने काम नगर।’ प्रदर्शनका क्रममा प्रहरीले गोली लागेर अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने घाइतेको कुनै यकिन छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।