काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। महामन्त्रीद्वयले पार्टी सभापति देउवालाई बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन्।
भेटमा समसामयिक विषयमा केन्द्रित भएको उनले बताए। महामन्त्रीद्वयले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।
महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए। सामाजिक सञ्जाल अर्को कुनै विकल्पबिना बन्द गर्दा परेको असरबारे महामन्त्रीद्वयले बताएपछि देउवाले पनि सकारात्मक जवाफ फर्काएको बताइन्छ।
अब देउवाले प्रधानमन्त्रीसहित पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग पनि छलफल गर्नेछन्। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको महामन्त्री थापाले सार्वजनिक रूपमै विरोध जनाएका थिए। देउवाले पनि प्रधानमन्त्री दर्ता गर्ने कुरा मात्रै गरेको र बन्द गर्ने कुरा नगरेको शनिवार विराटनगर पुगेर बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।