आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रभु साह र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता

प्रभु साह र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता

  • मिडिया डबली
  • सोमवार, भाद्र २३ २०८२

  • 1.0K
    SHARES

  • प्रभु साह र भारतका लागि नेपाली राजदूत डा. शर्माबीच भेटवार्ता

    काठमाडौं- भारत भ्रमणमा रहेका आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माबीच भेटवार्ता भएको छ ।

    नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धको चर्चा गरिनुको साथै भारतमा रहेका सम्पूर्ण नेपालीहरुको सम्मान र सुरक्षाको विषयमा छलफल भएको साहको सचिवालयले जनाएको छ ।

    पूर्वमन्त्री साह नयाँ दिल्लीमा पार्टीको प्रवासी संगठनले आयोजना गरेको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । यसअघि उनी भारतको मुम्बईमा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएका थिए ।

    पछिल्लो समय साहले पार्टीको संगठन विस्तारलाई आक्रामक रुपमा अघि बढाएका छन् । साहले दलतन्त्र र नेतातन्त्रको कारण मुलुक आक्रान्त बनेको भन्दै अब तेस्रो जनआन्दोलनमार्फत अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने आवाज उठाएका छन् । साहले यही भदौको अन्तिम साता पार्टीको केन्द्रीय कमिटी बैठकसमेत आह्वान गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २३ २०८२१२:१७:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend