काठमाडौँ- भुटानका प्रधानमन्त्री दाशो शेरिङ तोबगेले अयोध्यास्थित राम मन्दिरमा पूजा गरेका छन् । उनले पत्नीसहित अयोध्याधाम पुगेर दर्शन र पूजा गरेका हुन् ।
रामललाको दर्शनपछि उनले श्रीराम दरबारको दर्शन गरेका थिए भने त्यसपछि कुबेरटिलामा भगवान शिवको जलाभिषेक र आरती पनि गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भुटानका प्रधानमन्त्रीले अयोध्यास्थित राम मन्दिरमा प्रार्थना गरेको देख्दा आफूलाई निकै हर्ष लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख गरेका छन् । उनले श्रीरामका आदर्शहरूले विश्वभरका करोडौं मानिसलाई शक्ति र प्रेरणा प्रदान गर्ने मोदीले बताएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।